खडेरीले आक्रान्त मधेश, नारायणकाजीद्वारा राहत प्याकेजको माग

काठमाडौं, ९ साउन । लगातारको वर्षा अभावका कारण देशभर गर्मीको असर तीव्र बनेको छ भने तराई–मधेशका जिल्लाहरू गम्भीर खडेरीको चपेटामा परेका छन्। खेतबारीमा रोपाईं ठप्प भएको छ भने खानेपानीसमेत अभाव हुन थालेपछि जनजीवन कष्टकर बनेको छ।

यसै सन्दर्भमा प्रदेश सरकारद्वारा मधेशलाई “सुखा क्षेत्र” घोषणा गरिएको छ। यता संघीय सरकारले पनि मधेश प्रदेशका सबै जिल्लालाई “विपद् संकटग्रस्त क्षेत्र” घोषणा गरिसकेको छ।

 

पूर्व उपप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्र का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आफ्नो फेसबुकमार्फत् खडेरीबाट प्रभावित जनताको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै तत्काल राहत प्याकेज घोषणा गर्न सरकारलाई आग्रह गरेका छन्।

 

उनले लेखेका छन्, “खडेरीको कारण रोपाईं मात्र होइन, खानेपानीसमेत समस्या भएको छ। तर अहिलेसम्म सरकारले त्यसतर्फ समुचित ध्यान दिन सकेको छैन। तत्काल राहत प्याकेज घोषणा गरियोस्।”

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।