बोलबमका लागि जल लिन जाँदा बेपत्ता भएका भारतीय नागरिकको तीन दिन पछि शब फेला

सञ्जय मिश्रा/रौतहट, साउन ११ । पवित्र साउन महिनामा भगवान शिवलाई चढाउन जल लिनआएका दुईजना भारतीययुवकको रौतहटको चन्द्रपुर नगरपालिका–१ नुनथरस्थित बागमती नदीमा डुबेर मृत्यु भएको छ।

डुबेर बेपत्ता भएका एक युवकको शव घटना भएको तीन दिनपछि आज फेला परेको छ।

भारतको बिहार राज्य अन्तर्गत ग्राम घुरघुरा घरभएका  २४ वर्षीय नितिश कुमार राउत (उर्फ संजिव कुमार) सहित ९ गते बेलुका ७ बजे बागमती नदीमा नुहाइसकेपछि जल भरिरहेको अवस्थामा अचानक बगाएर दुईजना बेपत्ता भएका थिए।

घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरीले तत्कालै  ईलाका प्रहरी कार्यालय चन्दरनिगाहपुरका इन्स्पेक्टर सोनु कुमार रामको नेतृत्वमा  नेपाल प्रहरी र सशस्त्र प्रहरी बेस क्याम्प सन्तपुरको संयुक्त टोली खोजतलास गर्न खटिएको थियो।

लगातार खोजी जारी राखेको प्रहरीले आईतवार चन्द्रपुर नगरपालिका–१ गोपालकुटीस्थित बागमती सिचाइ योजनाको मुख्य नहर (हेड वर्क्स ब्यारेज) को पश्चिम साइडको ‘एच’ नम्बर गेटमा मृतकको शव फेला पारेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपक कुमार रायले न्युज कारखानालाई बताएका छन्।

यसअघी बेपत्ता भएका दुईजना मध्ये कान्छा बिहार राज्यको सीतामढी जिल्लाको ग्राम जमुआहा  १ पंचायत मठिया निवासी शिवशंकर साहका १४ वर्षीय छोरा पवन कुमार साहको शव शनिवार झोलुङ्गे पुल नजिकै, घटनास्थलदेखि करिब १५० मिटर दक्षिण तैरिरहेको अवस्थामा  फेला परेको जिल्ला प्रहरी प्रवक्ता  रायले बताएका छन्।

प्रहरी टोलीले कानुनी प्रक्रिया पूरा गरी शवलाई सरकारी अस्पताल चन्द्रपुरमा राखेको छ। मृतकको सनाखत मृतकको बुबाले गरेका हुन्।

 

यस सम्बन्धमा आवश्यक अनुसन्धान अघि बढाइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

सावन महिनामा मधेशका जिल्लाहरुका साथै सीमावर्ती गाउँका हजारौं भारतीयहरु नुनथरघाट बागमती नदीबाट जल लिएर शिव मन्दिरहरुमा चढाउने गर्दछन्।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖