पर्सामा ४५० नशालु ईन्जेक्सनसहित दिलिप सहनी पक्राउ

सञ्जय मिश्र/बिरगंज, ११ साउन। । पर्सा जिल्लाको पकाहामैनपुर गाउँपालिका–२ मधुवनी बस्ने २२ वर्षीय दिलिप कुमार सहनीलाई ४५० थान नशालु ईन्जेक्सनसहित प्रहरीले पक्राउ गरेको छ।
 
लागुऔषध नियन्त्रणसम्बन्धी कानुनअनुसार यो ठूलो मात्रामा बरामद भएको र गम्भीर मुद्दा मानिन्छ।
 

शनिबार अपरान्हको समयमा सहनी पकाहामैनपुर गाउँपालिका–९ अन्तर्गत सडकखण्डभित्र पर्ने भेडिअर्वा गाउँबाट धोरे गाउँतर्फ हिँडिरहेको अवस्थामा प्रहरीले शंका लागेपछि रोकेर जाँच गर्दा लागुऔषध बरामद भएको हो।

सहनीको साथबाट 
Buprenorphine Injection I.P. 2ml (NOOPHIN): १५० एम्पुल,DIAZEPAM Injection I.P. 2ml: १५० एम्पुल,
Promethazine Hydrochloride Injection I.P. (PHENERGAN) 2ml: १५० एम्पुल गरी 
जम्मा: ४५० एम्पुल नशालु ईन्जेक्सन बरामद गरिएको छ।

पर्साका प्रहरी प्रमुख एसपी गौतम मिश्रका अनुसार, बरामद सामग्री अत्यधिक खतरनाक श्रेणीमा पर्छ र यसको प्रयोग विशेषगरी नशाको रूपमा हुने गरेको देखिन्छ।
 
यस्ता ईन्जेक्सनहरू युवाहरूमाझ बढ्दो नशा प्रवृत्तिको मुख्य कारक मानिन्छन्।
 

विस्तृत अनुसन्धान थालियो

प्रहरीले सहनीलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय पोखरिया मार्फत थप अनुसन्धान सुरु गरेको छ। प्रारम्भिक अनुसन्धानपछि पर्सा जिल्ला अदालतबाट ७ दिनको म्याद लिइएको प्रहरीले जनाएको छ। म्याद अवधिभित्र लागुऔषध कहाँबाट ल्याइएको, कसको लागि हो, र यसको सम्भावित नेटवर्क के हो भन्नेबारे अनुसन्धान हुने प्रहरी स्रोतको भनाइ छ।
 

पछिल्लो समय पर्सा, विशेषगरी वीरगन्ज क्षेत्र, लागुऔषध ओसारपसारको नाका बन्दै गएको भन्दै चिन्ता व्यक्त हुँदै आएको छ। भारतीय सीमासँगको खुला सिमाना, कमजोर निगरानी र प्रभावकारी पुनर्स्थापना कार्यक्रमको अभावले गर्दा युवावर्ग लागुऔषधको दलदलमा फस्ने क्रम बढिरहेको छ।
 

यसपटक पक्राउ परेका दिलिप कुमार सहनी जस्ता व्यक्तिहरूलाई प्रयोग गरेर ठूलो गिरोहले लागुऔषध व्यापार गरिरहेको हुन सक्ने आशंका प्रहरीको छ। प्रहरी स्रोतले “सहनी केवल प्यादा मात्र हुन सक्छन्, वास्तविक मास्टरमाइन्डको खोजी भइरहेको छ” भन्ने संकेतसमेत गरेको छ।
 

पर्सामा एसपी मिश्रले कमाण्ड सम्हाले देखी  लागुऔषध कारोबारीहरुको भागाभाग भएको छ ।

यस घटनाले  प्रहरीको चनाखो निगरानी र कार्यसम्पादन देखिए पनि, नशा नियन्त्रणका लागि अझ व्यापक योजना, पुनर्वास कार्यक्रम, सार्वजनिक सचेतना र सीमामा निगरानी बढाउनुपर्ने आवश्यकता झनै स्पष्ट पारेको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।