झापाको बिर्तामोड स्थित शुभारम्भ सुधार केन्द्रमा रहेका गुरुङको पेटमा फलामे काँटी भेटिएपछि…

झापा, साउन १२ । झापाको बिर्तामोडमा रहेको एक सुधार केन्द्रमा रहेका युवाले फलामे किलो (तार काँटी) खाएको खुलेको छ । उनी बिरामी परेपछि काँटी खाएको पत्ता लागेको हो ।

बिर्तामोड नगरपालिका–७ हर्कलाल मार्गमा रहेको शुभारम्भ प्रतिष्ठान नेपाल नामको सुधार केन्द्रमा रहेका धरानका युवा काँटी खाएर बिरामी परेका हुन् ।

धरान उपमहानगरपालिका-८ बस्ने २४ वर्षीय सौरभ गुरुङ काँटी खाएर बिरामी परेको प्रहरीले जनाएको छ । गत असार २७ गते गुरुङलाई उनका आफन्तले त्यहाँ ल्याएर राखेका थिए ।

उनी असार ३० गते सुधार केन्द्रबाट भागेर गएका थिए । खोजतलास गर्ने क्रममा साउन ९ गते भद्रपुररोडबाट उनलाई फेला पारेर पुनः सुधार केन्द्रमा राखिएको थियो ।

हिजो साँझ ६ बजे स्वास्थ्यमा समस्या देखिएपछि उनलाई उपचारको लागि सोही सुधार केन्द्रका अध्यक्ष बिर्तामोड ५ बस्ने २४ वर्षीय कृष्ण कडरियाले बिर्तासिटी अस्पताल बिर्तामोड लगेका थिए ।

सिटी स्क्यान गर्दा उनको पेटमा दुईवटा काँटी देखिएको अस्पतालले जनाएको छ । उनको शरीरको विभिन्न भागमा नीलडाम समेत देखिएको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पछिल्लो समय सुधार केन्द्रहरुमा विभिन्न किसिमका घटना हुने गरेका छन् ।-झापा टुडे

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।