धनकुटाका एक जना सहित सुनसरीबाट लागू औषध सहित ८ जना पक्राउ
सुनसरी, साउन १२ गते । सुनसरी जिल्लाको दुई छुट्टा छुट्टै स्थानबाट लागू औषध सहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
साउन ११ गते बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी चौकी बरगाछीबाट खटिएको प्रहरी टोलीले धरान-१५ का ३७ बर्षीय योजन राईले सञ्चालन गरेको ट्याटु हाउसबाट प्रतिवन्धित औषधी २ हजार ७३ चक्की र ब्राउन सुगर ६८० मिलिग्राम सहित २७ बर्षीय दिपेन मगर, २१ बर्षीय जगत मगर, ३३ बर्षीय कृष्ण राई, ३२ बर्षीय सुरज कार्की, २४ बर्षीय सोमत राई र १९ बर्षीय असिम राईलाई पक्राउ गरेको छ ।
त्यसै गरी जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले इनरुवा नगरपालिका-४ स्थितबाट धनकुटा साँगुरीगढीका गाउँपालिका- २ का २० बर्षीय करण राईलाई ४ ग्राम ७० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ ।


