इटहरीका युवकको मृत्यु,प्रहरीको कुटपिटबाट मृत्यु भएको परिवारको आरोप

इटहरी । प्रहरीको कुटपिटबाट इटहरीका एक युवकको मृत्यु भएको परिवारले आरोप लगाएका छन्।

इटहरी उपमहानगरपालिका–२ का २० वर्षीय युवराज निरौलाको धरानस्थित तीनकुने प्रहरी चौकीमा चेकजाँचका क्रममा कुटपिट भएको र त्यसकै कारण मृत्यु भएको परिवारको भनाइ छ।

साउन ९ गते साँझ ८ बजे धरान जाँदै गरेका निरौला र उनका साथी उदयपुर बेलका–३ का २२ वर्षीय दीपक कटुवाललाई प्रहरीले लागूऔषध सेवन गरेको आशंकामा रोकेको थियो। सोधपुछको क्रममा प्रहरीसँग विवाद हुँदा केही प्रहरीले निरौलामाथि हात र बुटले छाती र टाउकोमा प्रहार गरेको मृतकका भाइ सन्तोष निरौलाले बताएका छन्।

गम्भीर घाइते भएका निरौलाको उपचारका क्रममा कोशी अस्पताल, विराटनगरमा मृत्यु भएको हो। घटनापछि आक्रोशित परिवार र आफन्तजनले इलाका प्रहरी कार्यालय धरानमा घेराउ गरी दोषीलाई कारबाहीको माग गरेका छन्।-नीलोपाटीबाट

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖