सिन्धुलीमा एकै परिवारका १६ जना अचानक गाउंबाट बेपत्ता

सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ मा एकै परिवारका १६ जना सदस्य गाउँबाट अचानक बेपत्ता भएका छन्। सोमबार बिहानदेखि सम्पर्कविहीन बनेको सो परिवारको खोजीका लागि प्रहरी परिचालन गरिएको छ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार छेत्पा नजिकै भण्डास बिप्पर कटेरी भन्ने स्थानमा बसोबास गर्दै आएकी उर्मिला हायुको परिवार सोमबार बिहानदेखि सम्पर्कमा छैन। स्थानीयले उक्त परिवार सम्पर्कविहीन भएको सूचना प्रहरीलाई दिएका थिए।

उक्त सूचनाका आधारमा प्रहरी टोली हायुको घरमा पुगेर अनुसन्धान थालेको जिल्ला प्रहरी प्रमुख एसपी लालध्वज सुवेदीले जानकारी दिए। ‘सूचना पाउनेबित्तिकै प्रहरी टोली हायुको घरमा पुगिसकेको छ’ उनले भने, ‘घरमा सामान्य क्षति देखिएको छ। कुखुरा, बाख्रा, भैंसीजस्ता पाल्तु जनावरहरू अलपत्र अवस्थामा छन्। तर घरमा कोही पनि छैनन्।’

घरमा कस्तो खालको क्षती भएको हो भन्ने खुलेको छैन। प्रहरीका अनुसार हराएका परिवारका सदस्यहरूको बारेमा स्थानीय जनप्रतिनिधि र गाउँलेहरूसँग पनि सोधपुछ भइरहेको छ। बेपत्ता परिवारको अवस्थाबारे अझै स्पष्ट हुन बाँकी रहेको प्रहरीले जनाएको छ।प्रहरीले घटनालाई रहस्यमय भन्दै अनुसन्धानलाई प्राथमिकता दिएको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।