उर्लाबारीको मंगलबारेमा जंगली हात्तीको आतंक
उर्लाबारी । उर्लाबारी नगरपालिका–३ मंगलबारेस्थित रामनगर टोलमा मंगलबार राती एक जंगली हात्ती प्रवेश गरी आतंक मच्चाएको छ।
बिहान करिब ३:३० बजे हात्तीले आकृती कुटानी पिसानी मिलमा राखिएको केही बोरा मकैको भूष खाएर सडकमा छरेको छ।
मध्यरातमा उज्यालो कालोपत्रे सडक हुँदै वस्तीभित्र सो हात्ती छिरेको देखिएपछि स्थानीय बासिन्दा त्रसित बनेका छन्।
हाल जंगली हात्ती सोल्टि खोला किनारातिर रहेकोले स्थानियबासीहरुलाई संयमित रहन समेत आग्रह गर्दछौँ ।


