नारायणीमा हाम फालेर एक युवक वेपत्ता, साईकल र चप्पल पुलमा

नवलपुर । नवलपुरको गैँडाकोट नगरपालिका-२ स्थित नारायणी नदीमा फाल हालेर एक जना युवक वेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक यादव ढकालका अनुसार अन्दाजी २०/२२ वर्षीय युवक पुलबाट नदीमा फाल हालेर वेपत्ता भएका हुन् ।

विहान सवा ६ बजेतिर वेपत्ता भएका उनको खोजीकार्य जारी रहेको र अझै फेला नपरेको नवलपुर प्रहरीले जनाएको छ ।

नामथर वतन नखुलेको पुरुष व्यक्ति साईकल र चप्पल पुलमा छोडि नदीमा हाम फालेको भन्ने खवर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय गैडाकोटको प्रहरी रसशस्त्र प्रहरी वल १७ नं. गण आँपटारी चितवनबाट खटिएको ९ गोताखोर टोलीले खोजतलास गरिरहेको प्रहरीले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।