पत्रकारमाथि ज्यान लिने प्रयास गर्ने अपराधी माथी गोली प्रहार गरी पक्राउ

नईदिल्ली, १३ साउन । भारतको राजधानी दिल्लीसँगै जोडिएको उत्तरप्रदेश नोएडाको सर्फाबाद गाउँमा कुकुरलाई बिस्कुट खुवाउने सामान्य विवादले भयावह मोड लिएको छ । 

 

सो घटनामा समाचार संकलन गर्ने एक पत्रकारमाथि चक्कु प्रहार गरी ज्यान लिने प्रयाससमेत गरिएको छ । यस घटनाका आरोपीलाई प्रहरीले गोली प्रहार गरी गिरफ्तार गरिएको छ। आरोपीमाथि हत्या प्रयाससहितका गम्भीर मुद्दाहरूमा कानुनी कारबाही अघि बढाइएको छ।

घटनाको विवरण अनुसार निजी अखबारमा कार्यरत फोटो पत्रकार प्रमोद शर्मा सोमबार साँझ कार्यालयबाट घर फर्कँदै थिए। उनी सर्फाबादस्थित आफ्नो घर अगाडि कारभित्र थिए, त्यतिकैमा दीपक नामका युवकले कारको झ्यालबाट हात भित्र हाल्दै चक्कु प्रहार गरे। चक्कु घाँटी मुनि लागेकोले ज्यान जोगिएको भए पनि प्रमोद गम्भीर घाइते भए।

 

घटना स्थलमा सेक्टर ११४ थानाका प्रहरी अधिकारीहरु पुगेर घाइते पत्रकारलाई तत्काल अस्पताल पुर्‍याए। यो आक्रमणको खबर फैलिना साथ इलाकामा सनसनी फैलियो र जिल्ला अस्पतालमा ठूलो संख्यामा पत्रकारहरु भेला भएका थिए । प्रहरीका वरिष्ठ अधिकारीहरूसमेत घटनास्थलमा पुगे।

आक्रमणपछि आरोपी दीपक फरार भएको थियो। उसको खोजीमा सर्फाबाद चौकीका प्रभारी विशाल गुप्ताको नेतृत्वमा प्रहरी टोली खटिएको थियो। राति चेकिङको क्रममा एक मोटरसाइकल सवारलाई रोकिने प्रयास गर्दा उनले प्रहरी माथि गोली चलाए। जवाफी कारबाहीमा प्रहरीको गोली लागेर घाइते युवक नै दीपक भएको पुष्टि भयो।

 

प्रहरीको अनुसन्धानमा दीपकमाथि पहिल्यैदेखि लगभग एक दर्जन आपराधिक मुद्दा दर्ता भएको खुलेको छ। हाल उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ। पत्रकार प्रमोद शर्मालाई भने अस्पतालबाट मंगलबार डिस्चार्ज गरिएको छ।

प्रहरीले घटनाको विस्तृत अनुसन्धान गरिरहेको बताएको छ भने आरोपीविरुद्ध हत्या प्रयास, हातहतियार प्रयोगलगायत गम्भीर मुद्दाहरूमा मुद्दा दर्ता गरि कानुनी प्रक्रिया अगाडि बढाइएको छ।
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।