झापाको दमकमा नावालकमाथि धारिलो हतियार प्रहार

झापा । झापाको दमक नगरपालिका-१ सैनिक टोलमा एक नावालक बालकमाथि धारिलो हतियार प्रहार गरी घाइते बनाइएको घटनामा इलाका प्रहरी कार्यालय दमकले मुद्दा दर्ता गर्न नमानेको गुनासो आएको छ ।

पीडित बालक १२ वर्षीय सेसेहाङ विलम लिम्बूका बुबा बमप्रसाद लिम्बूका अनुसार गत साउन ९ गते (२०८२।०४।०९) साँझ करिब ४ बजे दमक–१ स्थित खाली जग्गामा फुटबल खेलिरहेका बालकलाई छिमेकी ५५ वर्षीया कुमारी श्रेष्ठले हसिया र लाठी प्रहार गरी गम्भीर घाइते बनाइन् ।

‘मेरो छोरा साथीहरूसँग खेलिरहेको बेला कुमारी श्रेष्ठ हसिया लिएर आएर हात समातेर पटकपटक प्रहार गरिन्,’ पीडितका बुबा वमप्रसाद लिम्बूले जाहेरीमा उल्लेख गरेका छन्, ‘हसियाले नाडी काटेर लाठीले शरीरका विभिन्न भागमा हानेपछि छोरा रगताम्ये भएर लडेको अवस्थामा भेटियो ।’

उनका अनुसार बालकलाई तत्काल दमकस्थित लाइफलाइन अस्पतालमा भर्ना गरी उपचार गरिएको थियो । जाहेरीमा उल्लेख भएअनुसार बालकको मानसिक अवस्था समेत कमजोर भइसकेको छ । खाना नखाने, मान्छे देख्दा डराउने, स्कुल जान डराउने, एकोहोरो हुने लक्षण देखा परेका छन् ।

पीडित पक्षले जिल्ला प्रहरी कार्यालय अन्तर्गत इलाका प्रहरी कार्यालय दमकमा जाहेरी दर्ता गराउन खोज्दा प्रहरीले जाहेरी नलिएको आरोप लगाएका छन् । ‘घटना भएको भोलिपल्ट जाहेरी लिएर जाँदा प्रहरीले दर्ता गर्न मानेन । पछि जाहेरी त लियो तर मुद्दा दर्ता गर्न मानेन’ वमप्रसाद लिम्बूले भने, ‘ती महिलालाई पनि पक्रेर ल्याएको थियो, तर त्यसै छाडिदियो ।’

उनले पीडकविरुद्ध बालबालिकाविरुद्धको अपराधअन्तर्गत कडा कारबाही माग गर्दै औषधोपचार खर्च र क्षतिपूर्ति समेत दिलाइदिन माग गरेका छन् । पीडित पक्षले घटना स्थलको स्थलगत अनुगमन, घाइतेको फोटो, मेडिकल रिपोर्ट लगायत प्रमाण प्रस्तुत गरेका छन् ।

यता, इलाका प्रहरी कार्यालय दमकले भने जाहेरी लिएको बताएको छ । पीडितको तर्फबाट जाहेरी लिएर अनुसन्धानकै क्रममा रहेको बताएको छ । ‘हामीकहाँ जाहेरी आएको छ, बिरामीको घाउजाँच गर्न पठाएका छौं,’ मुद्दा फाँटका असइ दुर्गा खनालले भने, ‘आरोपित महिलालाई पनि बोलाएर सोधबुझ गरेका छौं । बिरामीको घाउजाँच प्रतिवेदन आएपछि थप प्रक्रिया अघि बढ्छ ।’-नयां बुलन्द

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।