मधेश प्रदेशमा ९१ लाख बढीको सामान सहित ४२ सवारीसाधन बरामद

सञ्जय मिश्र, /रौतहट, १४ साउन । मधेश प्रदेशमा प्रहरीको सक्रियता तीव्र बनेसँगै भन्सार छलिका सामग्री तथा सवारी साधनहरू बरामद हुनुका साथै तस्करी नियन्त्रण उन्मुख देखिएको छ। 

पछिल्लो २४ घण्टामा मात्रै मधेश प्रदेशका विभिन्न जिल्लामा प्रहरीले ९१ लाख ६१ हजार ५६३ रुपैयाँ बराबरको भन्सार छलीको सामान बरामद गरेको छ। बरामद सामग्रीहरू ढुवानी गर्न प्रयोग गरिएका ४२ वटा सवारीसाधनसमेत नियन्त्रणमा लिइएको छ।

प्रदेश प्रहरी प्रमुख डिआईजी उमा प्रसाद चतुर्वेदीको निर्देशनमा मंगलबार बिहानदेखि बुधबार बिहानसम्म सञ्चालन गरिएको संयुक्त अनुगमन तथा निगरानी अभियानमा यस्तो उल्लेखनीय सफलता हात परेको हो।

सबैभन्दा धेरै बरामद वीरगंजबाट

पर्सा जिल्लाको वीरगंज महानगरपालिका–१४, गण्डकस्थित क्षेत्रबाट मात्रै ६५ लाख ९० हजार ९२८ रुपैयाँ बराबरको बिलबिनाको सामान बरामद गरिएको छ। एसपी गौतम मिश्रका अनुसार, बिलाबिजक भन्दा बढीको ती सामानहरू २ वटा ट्रकमा लोड गरिएको अवस्थामा फेला परेका थिए।

सप्तरीमा  १६ लाख २७ हजार ९७५ ,  महोत्तरीमा  ८ लाख ७४ हजार ६६० र रौतहटमा ६८ हजार रुपैयाँ बराबरको झोला तथा सामानहरू बरामद गरिएको प्रहरीले जनाएको छ। उक्त तस्करीको सामान भित्रयाउन प्रयोग गरिएको  ५ थान मोटरसाइकल,१ थान कार,२ थान ट्रक, र ३४ थान साइकल बरामद भएको छ।

यी सबै सवारी साधनहरू तस्करीमा प्रयोग गरिएको पुष्टि भएसँगै सम्बन्धित भन्सार कार्यालयमा आवश्यक कारबाहीका लागि बुझाइएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

डिआईजी उमा प्रसाद चतुर्वेदीले पदभार सम्हालेदेखि नै भन्सार छली, तस्करी र संगठित अपराध नियन्त्रणलाई प्राथमिकतामा राख्दै आएका छन्। उनले मधेश प्रदेशका सबै जिल्लाका प्रहरी प्रमुखहरूलाई नियमित गस्ती, निगरानी तथा अनुगमनमा सक्रिय रहन निर्देशन दिँदै आएका छन्।

गत आर्थिक वर्षमा मधेश प्रदेशमा एक अरब २५ करोड रुपैयाँ बराबरको भन्सार छलीको सामान बरामद गरिएको तथ्यांकले प्रहरीको सक्रियता र नीतिगत प्रतिबद्धता झल्काउँछ।

मधेश प्रदेशको खुला सीमाना, आर्थिक गतिविधि र सामाजिक जटिलताका बाबजुद पनि प्रहरीले देखाएको सक्रियता अनुकरणीय मानिएको छ।
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।