कोशीमा दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम

विराटनगर, साउन १४ गते । तालुक प्रहरी प्रधान कार्यालय मानवश्रोत एवं कर्मचारी प्रशासन शाखाको पत्रादेशले प्राबिधिक प्रहरी नायव निरीक्षक पदबाट प्राबिधिक प्रहरी वरिष्ठ नायव निरीक्षक, प्राबिधिक प्रहरी सहायक निरीक्षकबाट प्राबिधिक प्रहरी नायव निरीक्षक पदमा र प्राबिधिक प्रहरी सहायक हवल्दार पदबाट प्राबिधिक प्रहरी हवल्दार पदमा पदोन्नती हुनुभएका प्रहरी कर्मचारीहरुलाई निमित्त कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक गोबिन्द अधिकारीले दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको छ ।

साउन १४ गते आयोजित कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक अधिकारीले पदोन्नती हुनु हुने प्रहरी कर्मचारीहरुलाई दर्ज्यानी चिन्हले सुशोभन गर्नुका साथै बधाई तथा शुभकामना सहित थप जिम्मेवारीलाई उत्कृष्ट ढंगले निर्वाह गर्न समेत निर्देशन दिनु भएको छ ।

उक्त कार्यक्रममा प्रहरी उपरीक्षक दिपक पोख्रेल, प्रहरी उपरीक्षक आ. हरी डंगोल सहित सिनियर प्रहरी अधिकृत तथा जुनियर प्रहरी अधिकृतहरु लगायत प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।