सोलुखुम्बुको महाकुलुङमा आगलागी, एक वृद्ध घाइते

सोलुखुम्बु, साउन १४ । सोलुखुम्बुको महाकुलुङ गाउँपालिकामा आगलागी हुँदा एक वृद्ध घाइते भएका छन् । जिल्लाको महाकुलुङ गाउँपालिका ३ मा मंगलबार बेलुका घरमा आगलागी हुँदा ९० वर्षीय वृद्धा लाकमान राई घाइते भएका हुन् ।

राईको ढुङ्गा माटोको गारो र टिनको छानो भएको २ तल्ले घरको तल्लो तल्लामा रहेको भान्सा कोठाको चुलोबाट अचानक आगो सल्किएको थियो ।

उक्त आगलागीबाट २ लाख ६० हजार रुपैयाँसहित काटेर राखेको उत्तिसको काठ, अन्नपात, भाडाबर्तन लगाएत लत्ता कपडाहरु पूर्ण रुपमा जलेर नष्ट हुँदा ८ लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

घर आगलागिबाट घर धनि राईको दुबै खुट्टा, ढाड लगायतको छालाहरु जली घाईते भई उपचारको लागी महाकुलुङ आधारभुत अस्पताल बुङ सोलुखुम्बु पठाइएको थियो । उनी तत्काल हल्का बोल्न सक्ने अवस्थामा छन् भने अन्य चौपाया क्षति नभएको बताइएको छ ।-हिमाल एफएम

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖