नेपालकाे पहिलाे जन्माेत्सव पार्कमा वृक्षारोपण

सञ्जय मिश्रा/रौतहट – रौतहटको चन्द्रपुर नगरपालिका ९, सिन्दुरेघारीस्थित चाँदिखोला क्षेत्रलाई हरियालीयुक्त पर्यटकीय स्थलमा रूपान्तरण गर्ने उद्देश्यले “जन्मदिनलाई सत्कर्ममा जोडौं” भन्ने अभियान अन्तर्गत वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। 

 

उक्त वृक्षारोपण कार्यक्रम तराई विकास तथा संचार केन्द्र नेपाल, काठमाडौँको आयोजनामा सम्पन्न भएको हो। 

 

वृक्षारोपण गरिएको क्षेत्रलाई “जन्मोत्सव पार्क” का रूपमा विकास गरिँदैछ। यो पार्क जन्मदिनलाई सामाजिक सत्कर्मसँग जोड्ने सन्देश दिन सन्चालित अभिनव परियोजना हो। यस्ता अभियानले व्यक्तिको व्यक्तिगत उत्सवलाई सामूहिक, पर्यावरणमैत्री र समाजोपयोगी बनाउने प्रयासलाई बल दिन्छ। प्रमुख जिल्ला अधिकारी विनोद खड्काले कार्यक्रममा बोल्दै भने, “नेपालकै पहिलो जन्मोत्सव नामक पार्क निर्माणमा यी दुई व्यक्तिहरूले पुर्‍याएको भूमिकाले सामाजिक रूपान्तरणमा सशक्त सन्देश दिएको छ।” साथै उनले यस्ता कार्यक्रमहरूमा सरकारी निकायको सहयोग निरन्तर रहनुपर्ने उल्लेख गरेका थिए।

यो कार्यक्रम सरकारी तथा गैर–सरकारी सहकार्यको सकारात्मक उदाहरणका रूपमा प्रस्तुत भएको छ। विशेषतः पूर्वाधार विकास कार्यालय गौरको सक्रियताले देखाउँछ कि सरकारी अधिकारीहरूले इच्छाशक्ति देखाएमा समुदायमा सकारात्मक परिवर्तन ल्याउन सकिन्छ।  कार्यक्रममा अख्तियार प्रमुख उमाकान्त आचार्य, जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी नेत्रमणि गिरी, इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी रुपा लाबुङ, र तराई विकास तथा संचार केन्द्र नेपालका अध्यक्ष गोबिन्द चौलागाईं लगायतको उपस्थिति कार्यक्रमको औपचारिकता मात्र होइन, यसको महत्वलाई समेत संकेत गरेकाे जनाइएकाे छ ।

 

“जन्मदिनलाई सत्कर्ममा जोडौं” अभियान एउटा सामाजिक चेतना फैलाउने उत्कृष्ट अवधारणा हो। चाँदिखोलामा सुरु गरिएको वृक्षारोपण र पार्क निर्माणले वातावरण संरक्षण, सामाजिक समावेशिता र सार्वजनिक सेवाको सक्रियता तीनै पक्षलाई छोएको छ। यस्तो अभियानले अन्य पालिकाहरूलाई समेत प्रेरणा दिने सम्भावना छ।

कार्यक्रमको विशेष अवसरमा पूर्वाधार विकास कार्यालय गौरका कार्यालय प्रमुख दीपक कुमार मिश्र र लेखा अधिकृत सुदीप गौतम, डिवीजन बन कार्यालय रौतहटका प्रमुख हेमन्त कुमार साह लगायतलाई सम्मान गरिएको छ। जन्मोत्सव नामक पार्क निर्माणमा पुर्‍याएको योगदानको कदर गर्दै प्रमुख जिल्ला अधिकारी विनोद खड्का, अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाका प्रमुख उमाकान्त आचार्य लगायत विशिष्ट अतिथिहरूले सम्मानपत्र प्रदान गरेका थिए। आयोजक संस्थाका अध्यक्ष बरिष्ठ पत्रकार गोविन्द प्रसाद चौलागाईंको सक्रियतामा रौतहटबाट सुरुभएको जन्मदिन लाई सत्कर्मबाट जोडौं अभियान हाल राष्ट्रब्यापी बनेको छ।
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।