ब्राउन सुगरसहित एक पक्राउ

बारा, १५ साउन । बारा जिल्लाको फेटा गाउँपालिका–१, भलुहीस्थित सडकखण्डमा प्रहरीले लागु औषध ब्राउनसुगरसहित एक युवकलाई पक्राउ गरेको छ।
 

ईलाका प्रहरी कार्यालय प्रसौनीबाट प्रहरी निरीक्षक टुपेन्द्र श्रेष्ठको कमाण्डमा खटिएको टोलीले कलैया बजारबाट प्रसौनीतर्फ पैदल जाँदै गरेका एकयुवकलाई शंका लागि रोकेर खानतलासी गर्दा बुधवार साँझ लागु औषध सहित पक्राउ गरिएको हो।
 
पक्राउ पर्नेमा बारा जिल्लाको विश्रामपुर गाउँपालिका–१, घोडासाहन निवासी मोबारक मियाका २२ वर्षीय छोरा अजमुल हक अंसारी रहेको प्रदेश प्रहरी प्रमुख डिआईजी उमा प्रसाद चतुर्वेदीले न्युज कारखानालाई बताए।

खानतलासीको क्रममा अंसारीको साथबाट दुईवटा प्लाष्टिकको पुरिया बरामद गरिएको थियो। एउटा कालो प्लाष्टिकभित्र सेतो रंगको सानो प्लाष्टिकमा ब्राउन सुगर  करिब ६०० मिलिग्राम र अर्को सेतो प्लाष्टिकभित्र ब्राउन सुगर जस्तो देखिने लेदो पदार्थ १४६ ग्राम ५८० मिलिग्राम फेला परेको प्रहरीले जानकारी दिएको छ।

पक्राउ परेका अंसारीलाई आवश्यक अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय प्रसौनीमा राखिएको छ। प्रहरीले लागु औषध ओसारपसार तथा कारोबारमा संलग्न हुन सक्ने आशंकामा थप अनुसन्धान जारी रहेको जनाएको छ।
 

प्रहरीका अनुसार पक्राउ गरिएको स्थान ईलाका प्रहरी कार्यालय प्रसौनीबाट करिब ४ किलोमिटर पूर्व पर्छ। बारा प्रहरी प्रमुख एसपी सन्तोष कुमार तामाङको निर्देशनमा सञ्चालन गरिएको लागुऔषध कारोवार नियन्त्रण अभियान निकै प्रभावकारी देखिएको जानकारहरुले बताएका छन्।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।