सार्वजनिक जग्गा र बनक्षेत्र अतिक्रमणविरुद्ध बारामा कारबाही सुरू

इन्दीप कोइराला/बारा, १५ साउन । जिल्ला प्रशासन कार्यालय बाराले सार्वजनिक जग्गा तथा बनक्षेत्र संरक्षणलाई प्राथमिकता दिँदै अतिक्रमण नियन्त्रण र कारवाही प्रक्रियामा तीव्रता दिएको छ ।

 

प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीको संयोजकत्वमा सञ्चालित अनुगमन तथा अनुसन्धानको क्रममा जिल्लाभित्रका विभिन्न ठाउँमा सार्वजनिक सम्पत्तिको अतिक्रमण भएको पुष्टि भएको छ ।

 

प्रशासनका अनुसार, बाराको प्रमुख औद्योगिक क्षेत्र वीरगन्ज–पथलैया औद्योगिक करिडोर अन्तर्गत जीतपुरसिमरा उपमहानगरपालिका–२ मा पर्ने हामा स्टील उद्योगले करिब ६ कठ्ठा सार्वजनिक जग्गा आफ्नै पर्खालभित्र पारेको पुष्टि भएको छ । सो विषयमा प्रारम्भिक अनुसन्धान भईरहेको र कम्पनीलाई आफ्नो पक्ष राख्ने अवसर दिइएको प्रमुख जिल्ला अधिकारी अधिकारीले जानकारी दिए। ‘कम्पनीलाई सफाइको मौका दिइसकिएको छ। अब चाँडै यस विषयमा प्रशासनले सार्वजनिक सूचना निकाल्ने तयारी गरेको छ,’ उनले भने।

 

त्यस्तै, जर्गा होटलले करिब १.५ कठ्ठा नदी उकासको सार्वजनिक जमिन प्रयोग गर्दै आएको पाइएको छ। सो प्रकरणमा हाल प्रशासनले छानबिनको काम अगाडि बढाइरहेको छ।

 

यसैगरी, प्रशासन कार्यलयले जीतपुरसिमरा उपमहानगरपालिकामा रहेको राजु होटलले भने बनक्षेत्रभित्र अनुमति विना पक्की संरचना निर्माण गरिरहेको विषयमा सूचनाको आधारमा तत्काल कारवाही गरिएको र निर्माण रोकिएको बताइएको छ ।

 

जिल्लाभित्र बनक्षेत्र संरक्षणका लागि अझ प्रभावकारी पहल थाल्दै प्रशासनले डिभिजन बन कार्यालयमार्फत सबै अवैध संरचनाहरू भत्काउन सूचनासहितको कारवाही सुरु गर्न निर्देशन दिएको छ । अतिक्रमण विरुद्धको यो अभियान तत्कालीन, मध्यकालीन र दीर्घकालीन योजना अनुरूप सञ्चालन गरिने जनाइएको छ । जिल्ला वन समन्वय समितिमार्फत यस विषयमा समन्वयात्मक कार्यान्वयनका लागि निर्देशन दिइएको हो ।

 

साथै, बनक्षेत्रमा सरकारी कार्यालय, संघ–संस्था वा अन्य प्रयोजनका लागि गरिएको जग्गा मागप्रति स्पष्ट नीतिगत निर्णय लिँदै प्रमुख जिल्ला अधिकारीले भने,‘बनक्षेत्रमा कुनै पनि प्रयोजनका लागि अनुमति दिइने छैन। यो विषयमा सबै सरोकारवालालाई स्पष्ट जानकारी गराइएको छ।’

 

उनले थपे,‘बनक्षेत्र संरक्षण र जगेर्ना हाम्रो संवैधानिक र कानुनी जिम्मेवारी हो। त्यस विपरित हुने कुनै पनि गैरकानुनी क्रियाकलापप्रति तुरुन्त कारवाही हुनेछ।’

 

जिल्ला प्रशासन कार्यालयको सक्रियता पश्चात जिल्लाभित्र सार्वजनिक सम्पत्ति तथा बनक्षेत्रको अतिक्रमण र संरक्षणसम्बन्धी बहस थप चर्किएको छ। स्थानीय समुदाय, सरोकारवाला निकाय तथा अधिकारकर्मीहरूले प्रशासनको कदमलाई स्वागत गरेका छन ।

 

बाराको समृद्धि, वातावरणीय सन्तुलन र सार्वजनिक हितको रक्षा गर्न यस्ता पहलहरू दीर्घकालीन रूपमा प्रभावकारी हुने अपेक्षा गरिएको छ।
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।