बालकल्याण विद्यालयलाई अकबरे मल्टी एग्रोद्वारा रकम हस्तान्तरण

गोरखा, १५ साउन । पछिल्लो समय नेपाली युवाहरू एकपछि अर्को विदेशिने क्रम जारी नै छ।

हुन पनि हो, नेपालमा १२ पास गरेपछि कुनै पनि जागिर अथवा कुनै पनि काम पाइँदैन। पढाइको सिलसिलाको बहाना पार्दै युवाहरू विदेशिने क्रम दिन प्रतिदिन बढ्दै गइरहेको अवस्था छ।

यो अवस्था रोक्नलाई आफ्नो देशमा नै केही गर्नुपर्छ भन्ने हेतुका साथ बिमला बिनिस्मा पन्त फाउन्डेसनले नयाँ सोच तय गरेको छ। फाउन्डेसनका सञ्चालक प्रकाशजंग पन्तले नयाँ सोच अन्तर्गत ‘फ्राइडे फर फ्युचर तथा जन्मभूमिमा जननीहरूको अभियान’  सञ्चालनमा ल्याएका छन ।

जस अन्तर्गत युवाहरूलाई स्वदेशमै रोजगार दिने र स्वदेशमा नै आत्मनिर्भरता बनाउने उद्देश्यका साथ फाउन्डेसनले अकबरे मल्टी एग्रो खोलेको थियो ।
उक्त फाउन्डेसनले आम्दानी भएका अथवा मुनाफामा आएका केही रकम तथा केही प्रतिशत सामाजिक सेवामा उपलब्ध गराउने भनिएको थियो। जस अन्तर्गत रहेको बालकल्या माध्यमिक विद्यालयलाई २० हजार रूपैयाँ हस्तान्तरण गरेको हो ।

२०८१ को एसइइमा शत प्रतिशत पास गराउन सफल रहेको हुनाले उक्त बालकल्याण माध्यमिक विद्यालयलाई यो रकम हस्तान्तरण गरिएको हो । अन्य विद्यालयको तुलनामा बालकल्याण माध्यमिक विद्यालयले यस पालिकाबाट सत प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल भएको भन्दै हौसलाका साथ यो रकम हस्तान्तरण गरिएको अकबरे मल्टी एग्रोका म्यानेजर सुवास कोइरालाले बताए ।

फाउन्डेसनले विगत केही वर्ष यता विद्यालयहरूलाई सहयोग गर्दै आइरहेको पनि थियो। जस्तै, विद्यालयमा रहेका निम्नवर्गीय विद्यार्थीहरू असहाय, पीडित, द्वन्द पीडित लगायतका विद्यार्थीहरुलाई शैक्षिक सामग्री तथा विभिन्न प्रकारका औषधिहरू उपलब्ध गराउँदै आएको थियो।

उक्त रकम हस्तान्तरण कार्यक्रममा विद्यालयका प्रधानध्यापक प्रेम कोइराला, समाजसेवी तथा सामाजिक अभियन्ता निर्मला मल्ल, त्यस्तै समाजसेवी सामाजिक अभियन्ता अभि गुरुङ, पत्रकार दिनेश थापा, नारायण घर्ती र एग्रोका कर्मचारीहरूको उपस्थित रहेको थियो ।

मल्टी एग्रोमा यतिबेला भर्खरका १८ देखि माथिका २५ वर्षसम्मका युवाहरूले सञ्चालन गरिरहेका छन्। जस अन्तर्गत उनीहरुले विभिन्न परिकारका खानेकुराहरू, नर्सरीका विभिन्न बोटबिरुवाहरु त्यस्तै अकबरे खुर्सानी बिस्तारको कार्यलाई अघि बढाईरहेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।