धनकुटा र भोजपुरका सहित ६ जना लागू औषध सहित पक्राउ

विराटनगर, साउन १६ गते । सुनसरी र झापाबाट लागू औषध सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

साउन १५ गते सुनसरीको इलाका प्रहरी कार्यालय धरानले चेकजाँचको क्रममा धनकुटा साँगुरीगढी -८ का बिरेन राई र मोहन राईलाई २३ किलो ८४० ग्राम गाँजा सहित र इटहरी -७ का कार्लोस रिजाललाई २५० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ भने इलाका प्रहरी कार्यालय पकलीले भोजपुर हतुवागढीका बिसु राई र निनोस राईलाई १ किलो २०० ग्राम गाँजा सहित नियन्त्रणमा लिएको छ ।

यसै गरी प्रहरी चौकी रामगंज बेलगछियाबाट खटिएको प्रहरी टोलीले दुहबी नगरपालिका-१२ स्थितमा वेवारिसे अवस्थामा रहेको प्रदेश १-०२-०४९ प ३८९१ नम्वरको मोटरसाईकलमा २० किलोग्राम गाँजा बरामद गरेको छ ।

झापाको अस्थायी प्रहरी चौकी मंगलबारेले बुद्दशान्ती-४ का लक्ष्मी कुमार घिसिङलाई ३६० ग्राम गाँजा सहित पक्राउ गरेको छ । लागूऔषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।