ओखलढुंगामा आफ्नै रांगाको आक्रमणबाट एक जनाको मृत्यु
ओखलढुंगा । ओखलढुंगामा रांगाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ओखलढुंगाको सुनकोशी गाउँपालिका वार्ड न ४, डाँडा जेरुङका ७२ वर्षीय बल बहादुर श्रेष्ठ रहेका छन् ।
श्रेष्ठले आफ्नै घरको राँगालाई गोठबाट बारीमा सार्ने क्रममा उफ्रिएर नाकमा लगाएको डोरी चुँडाएको थियो । डोरी चुँडिएलगत्तै राँगाले श्रेष्ठलाई हानेर गोरेटो बाटोभन्दा करिब ३ मिटर तल खसालेको थियो । जसका कारण उनको घटनास्थलमै ज्यान गएको हो ।
घटनाको खबर प्रहरी चौकी हर्कपुरमा प्राप्त हुनासाथ तत्काल प्रहरी टोली घट,नास्थलमा पुगेको थियो । घट,नाबारे थप अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट पनि प्रहरी टोली खटिएको प्रहरीले जनाएको छ ।


