पाँचथरमा श्रीमानले गरे श्रीमतीको हत्या
पाँचथर । पाँचथरमा श्रीमानले श्रीमतीको हत्या गरेका छन् ।
पाँचथरको फिदिम नगरपालिका–१ नाम्दुमा पारिवारिक झगडाका क्रममा २७ वर्षीय महेन्द्र तामाङले २२ वर्षीया श्रीमती अनु राईलाई कोदालो प्रहार गरी ह’त्या गरेका छन्।
बुधबार राति १० बजे घटेको घटनामा गम्भीर घाइते भएकी राईको झापाको बीएण्डसी अस्पतालमा उपचारकै क्रममा शुक्रबार बिहान निधन भएकाे अस्पतालले जानकारी दिएका छन्।
ह’त्यापछि महेन्द्र तामाङ फरार रहेका छन्। उनको खोजीका लागि प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।


