भालुको आक्रमणबाट खुम्बुमा टिमुर टिप्न गएका तामाङ घाइते

सोलुखुम्बु, साउन १६ । खुम्बुमा टिमुर टिप्न गएका लाक्पा तेन्जी तामाङ भालुको आक्रमणबाट घाइते भएका छन् । जिल्लाको पासाङल्हामु गाउँपालिका–३ बंकरमा रहेको चुम्बुङ जंगलमा टिम्बुर टिप्न गएका तामाङ भालुको आक्रमणबाट घाइते भएका हुन् ।

पासाङल्हामु गाउँपालिका–३ स्थाथी ठेगाना भएका ३१ वर्षीय तामाङलाई आज शुक्रबार बिहान अन्दाजी १०ः३५ बजेतिर भालुले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । घाइते तामाङको हिमालय शेर्पा अस्पताल जम्फुतेमा उपचार भइरहेको छ ।

उनको दाहिने हात, निधार, नाक र टाउकोमा चोट लागेको छ भने बोल्नसक्ने सामान्य अवस्था रहेको सोलुखुम्बु प्रहरीले जनाएको छ ।-हिमाल समाचार

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖