ताप्लेजुङमा एक युवकले खुकुरी प्रहार गरी गरे आफ्नै भाइको हत्या
ताप्लेजुङ । ताप्लेजुङमा एक युवकले खुकुरी प्रहार गरी आफ्नै भाइको हत्या गरेका छन्।
आठराई त्रिवेणी गाउँपालिका–४, कार्तिकेमा बसोबास गर्ने २५ वर्षीय सुकविर विश्वकर्मा र उनका २२ वर्षीय माइला भाइ रोशन विश्वकर्माबीच गएराति करिब १०:४० बजे मदिरा सेवनपछि घरमा विवाद भएको थियो।
विवादका क्रममा सुकविरले खुकुरीले रोशनको पेटमा प्रहार गर्दा घटनास्थलमै उनको मृत्यु भएको हो। स्थानीयले सुकविरलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन्।
हाल उनी जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको हिरासतमा छन्।


