नेपाल प्रहरी श्रीमती संघ कोशीद्वारा मन्दिर सरसफाई
विराटनगर । नेपाल प्रहरी श्रीमती संघको ४१ औं वार्षिकोत्सवकोअवसरमा नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशले मोरङ जिल्लाको विराटनगर महानगरपालिका वडा नम्बर-१६ स्थितमा रहेको श्री शिवालय, हनुमान मन्दिरको परिसरमा सरसफाई कार्यक्रम गरेको छ ।
उक्त कार्यक्रममा संघका कोषाअध्यक्ष श्रीमती सुमित्रा अधिकारी, श्रीमती लक्ष्मी बिसुन्के सहित कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी कर्मचारीहरुको उपस्थित रहेको थियो ।


