खडेरीको समयमा मौलापुरको पहलमा नगरवासीलाई स्वच्छ खानेपानीको सुनिश्चितता

रौतहट, १८ साउन। अत्यधिक खडेरीका कारण उत्पन्न भएको पानीको संकट समाधान गर्न मौलापुर नगरपालिकाले सराहनीय पहल गरेको छ।

 

नगर प्रमुख मेयर रिना कुमारी साहको सक्रिय निर्देशनमा नगरपालिका प्रशासनको समन्वयमा नगरभरि विभिन्न स्थानहरूमा विद्युतीय मोटरसहितको डिप बोरिङ जडान कार्य तीव्र गतिमा सञ्चालन भएको छ।

हालसम्म मौलापुर नगरपालिकाले खडेरीको प्रतिकूल अवस्थामा समेत नगरवासीलाई स्वच्छ र सुरक्षित खानेपानी उपलब्ध गराउन १२ स्थानमा डिप बोरिङ जडान गरिसकेको प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले न्युज कारखाना लाई बताएका छन्। अधिकृत साहका अनुसार मौलापुर ३ पतौरा ,  वडा  ४, पथरा बुधराम , ननकार पथरा वडा  १, चिरचिरिया  लगायतका स्थानहरूमा डीप बोरिङ जडान गरिएको हो।

 

नगरपालिकाले हालसम्मको सफलतामा चित्त नबुझाउँदै थप डिप बोरिङ स्थापनाको लागि आवश्यक समन्वय र तयारीहरूलाई समेत अगाडि बढाइरहेको उनले जानकारी दिएको छ। यसका लागि आवश्यक पूर्वाधार तथा प्रविधिको व्यवस्थापनका साथै प्राविधिक टोलीहरूको सक्रियता जारी छ।

नगरप्रमुख साहले डिप बोरिङ जडान कार्यमा प्रत्यक्ष तथा परोक्ष रुपमा सहयोग पु¥याउने सम्पूर्ण व्यक्तित्व, स्थानीयवासी, वडाध्यक्षहरू, प्राविधिक टोली तथा कर्मचारीहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै आगामी दिनहरूमा समेत जनहितका यस्ता कार्यलाई निरन्तरता दिइने प्रतिवद्धता जनाएका छन्।

सामुदायिक सेवा र उत्तरदायित्वको उदाहरणीय रूपमा मौलापुर नगरपालिकाले लिएको यो कदम नगरवासीहरूद्वारा व्यापक सराहना पाउँदै आएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।