रिटर्नीहरुको अगुवाईमा नवयुग ईन्भेष्टमेन्ट कम्पनीको कार्यशाला सम्पन्न

काठमाडौं । रिटर्नी फेडेरेसन नेपालद्धारा प्रर्वद्धन गरिएको नवयुग ईन्भेष्टमेन्ट कम्पनीको कार्यशाला काठमाण्डौमा सम्पन्न भएको छ ।

सो कार्यशालामा २५ अर्बको लक्ष्य सहित रिटर्नीहरको पहलमा स्थापना भएको पब्लिक कम्पनीको व्यवसायीक तथा वित्तिय योजना तय गर्न विभिन्न चरणमा छलफल  गरिएको हो ।

कार्यक्रमका प्रमुख अथिति नेकपा एमालेका महासचिव शंकर पोखरेलले जोखिम मोल्ने क्षमता बनाएर मात्र व्यवसायमा लाग्दा सफल भईने बताए । म बनाउँछु मेरो देश भन्ने भाबना नागरिकमा जागृत हुनुपर्ने भन्दै अधिकार खोज्ने तर कर्तब्य निर्बाह नगर्ने हाम्रो बानीले राज्य कमजोर बन्दै गएको भन्दै पोखरेलले देशमा औपचारिक भन्दा अनौपचारिक अर्थतन्त्र शक्तिशाली भएको बताए । 

बिदेशबाट नेपाल घुम्न आउने पर्यटक भन्दा नेपालबाट बिदेश घुम्नजाने नेपालीले बढी खर्च गर्छन भन्दै महासचिब पोखरेलले भने, ‘हाम्रो देश मात्रै गरिब भएको हो, हाम्रा देशका नागरिक गरिब छैनन । हामीले सहि कुरा बुझ्न र बुझाउन सकेका छैनौ, प्रकृतीलाई उपेक्षा गरेका छौ, देशमा श्रमिकको अभाबमा बिदेशबाट आउने भन्दा धेरै रेमिट्यान्स भारत गइरहेको छ ।’

उधमशालामा विशेष अथिति उधोगमन्त्री दामोदर भण्डारीले बिदेशबाट प्राप्त ज्ञान, पुँजी, सिप, अनुभब र प्रबिधीलाई नेपालको बिकासमा लगाउनू पर्छ भन्दै रिटर्नीको ज्ञान सिपलाई उपयोग गर्न सके देशको अर्थतन्त्रले गतिलिने बताए । कानूनी जटिलता र मन्त्रालयहरु बिच समन्वय हुन नसक्दा देशमा उधोग ब्यापार बढ्न नसकेकोमा पनि मन्त्री भण्डारीले चिन्ता ब्यक्त गरे ।

रिटर्नीलाई राज्यले हेरेको छैन भन्दै उधमशालामा नेकपा एमालेका केन्द्रिय सदस्य तथा रिटर्नी फेडेरेसन नेपालका ईन्चार्ज डा. कृष्णबहादुर केसीले चिनले विभिन्न बस्तुमा भन्सार छुट लगायतका सुविधा दिदा पनि त्यसबाट नेपालीहरुले फाईदा लिन नसकेको बताए । 

नेपाल चिन विषयको विज्ञ समेत रहेका केसीले नेपाली उत्पादन र उत्पादित बस्तु गुणस्तरिय बनाएर चिनसंग व्यापार गर्दा विभिन्न अवसरको फाईदा लिन सक्नेमा जोड दिए ।

नबयुग इन्भेष्टमेन्ट कम्पनीका कार्यकारी निर्देशक शालिकराम बसेलले स्वागत गरेको उधमशालामा रिटर्नी फेडेरेशनका अध्यक्ष बिनोद प्रसाद भट्टराईले रिटर्नी फेडेरेशनको अबधारणा, स्थापना, उदेश्य र अबस्थाबारे जानकारी गराउँदै छरिएको पुँजीलाई एकिकृत गरी सामुहिक लगानीको अबधारणा बमोजिम नवयुग इन्भेष्टमेन्ट कम्पनी स्थापना गरिएको जानकारी गराए ।

नवयुग उधमशालालाई संबिधान सभा सदस्य एवम उधमी शान्ता चौधरी, बागमती प्रदेश सभा सदस्य दिनेश चन्द्र देबकोटा र भारती पाठक, धुलिखेल नगरपालिकाका पुर्ब प्रमुख अशोक बैजु तथा गैर आवासिय नेपाली संघका अध्यक्ष बद्रि केसी लगायतले सम्बोधन गरेको रिटर्नी फेडेरेसन नेपालका महासचिव खेम कार्कीले जानकारी दिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।