दमकबाट गौरादहतर्फ जाँदै गरेको म्याजिक भ्यान दुर्घटना
दमक । दमकबाट गौरादहतर्फ जाँदै गरेको मे १ ज ३०२४ नम्बरको म्याजिक भ्यान पुतलीबजार (लब डाँडा) नजिकैको ओरालोमा दुर्घटना भएको छ।
चालकले गाडी रोकेर सामान हाल्ने क्रममा म्याजिक आफैँ ओरालो झरेर सडकबाट तल खस्दा गाडी पल्टिएको हो।दुर्घटनामा सवार सबै यात्रुहरू सामान्य घाइते भएका छन्।
घटनाको विस्तृत विवरण आउन बाँकी छ।


