कोशी प्रदेशका ५ जिल्लाका सडक बाढीपहिरोका कारण अवरुद्ध

विराटनगर । केही दिनदेखि परेको अविरल वर्षा र बाढीका कारण कोशी प्रदेशका विभिन्न जिल्लाहरूमा सडकहरू अवरुद्ध भएका छन् ।

कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार आइतबार प्रदेशका ५ वटा जिल्लामा सडक अवरोध भएको हो । जसमा केही स्थानमा वैकल्पिक मार्ग प्रयोगमा ल्याइएको छ भने केही स्थानमा वैकल्पिक व्यवस्था छैन ।

प्रहरीका अनुसार पाँचथरको फालेलुङ–५ स्थित मुभाबोटामा बाढीले बाटो भत्काएको छ । सो स्थानमा फिदिम–फालोट सडक प्रभावित भए पनि वैकल्पिक मार्ग प्रयोग गरिएको छ ।ताप्लेजुङको दुई स्थानमा सडक बन्द भएको छ । मिक्वाखोला–९ श्यामपुमा सडक भासिएपछि आठराई–धनगढी–रवि सडक बन्द भएको छ । जसमा वैकल्पिक मार्ग प्रयोग भइरहेको छ ।तर, फुङलिङ–८ सागपुजास्थित तमोर नदीको झोलुंगे पुल बगाउँदा सद्दुकुम–ओलाङचुङ गोला मार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । जसमा वैकल्पिक मार्ग उपलब्ध नभएको प्रहरीले जनाएको छ ।

यता, उदयपुरको त्रियुगा–३ हातिपुरमा रामपुर खोलाको पुल भासिँदा जलजले–कनली सडक बन्द भएको छ । उक्त सडकमा वैकल्पिक मार्ग प्रयोगमा ल्याइएको छ ।यसैगरी सोलुखुम्बुको नेचासल्यान–६ खरमस्थितमा सडक भासिएको छ । जसकारण सोताङ–महाकुलुङ सडक अवरुद्ध भएको छ । यद्यपि, उक्त सडकमा वैकल्पिक मार्ग प्रयोग गरिएको छ ।खोटाङको जन्तेढुंगा–८ साचोलमा पनि सडक भासिएपछि जन्तेढुंगा–सायपाल सडक प्रभावित भएको छ । तर, उक्त स्थानमा पनि वैकल्पिक मार्ग प्रयोगमा छ ।

कोशी प्रदेश प्रहरीले यात्रुहरूलाई सुरक्षित यात्राका लागि सम्भव भएसम्म वैकल्पिक मार्ग प्रयोग गर्न र यात्रा अघि सम्बन्धित प्रहरी कार्यालय वा स्थानीय निकायसँग सम्पर्क गर्न सुझाव दिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।