वडाध्यक्षको निधन
नुवाकोट । नुवाकोटको तारकेश्वर गाउँपालिका–६ का वडाध्यक्ष नारायणप्रसाद रिमालको उपचारका क्रममा वीर अस्पतालमा सोमबार निधन भएको छ।
४५ वर्षीय रिमाल नेकपा एमाले नुवाकोट जिल्ला सचिवालय सदस्य थिए।
उनी २०७९ सालको स्थानीय तह निर्वाचनमा वडाध्यक्ष चुनिएका थिए भने २०७४ सालमा वडा सदस्य बनेका थिए।


