खोटाङको हलेसी दुर्घटना : ६ जना घाइतेलाई काठमाडौँ ल्याइँदै

काठमाडौँ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ मा दुर्घटनामा परेका घाइतेहरूलाई काठमाडौँ रिफर गरिएको छ । घुर्मी स्वास्थ्य चौकीले रिफर गरेपछि ६ जनालाई उपचारको लागि काठमाडौँ पठाइएको खोटाङका डीएसपी प्रतिक विष्टले बताए ।

प्रदेश २–०१–००१ ज ००५३ नम्बरको विङ्गर गाडी दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । तीमध्ये एक जनाको अवस्था गम्भीर रहेको डीएसपी विष्टले जानकारी दिए । गाडी चालक फरार छन् ।

सिरहाको नराहबाट तिर्थयात्रीहरु सो गाडी रिजर्भ गरेर हलेसी मन्दिर दर्शन गर्न गएका थिए । मन्दिर दर्शन गरेर फर्किने क्रममा दुर्घटना भएको हो । ११ जना घाइतेहरूको प्राथमिक स्वास्थ्य चौकी घुर्मीमा उपचार हुँदैछ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।