१७ वर्षीया सम्झना आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत फेला
कन्चनपुर । कञ्चनपुरको बेलडाँडी–२ मा १७ वर्षीया सम्झना भट्ट आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत भेटिएकी छन्।
केही महिनाअघि २४ वर्षीय पवन भट्टसँग प्रेम विवाह गरेकी सम्झना विवाहअघि र पछि निरन्तर झगडा र कुटपिटको शिकार भएको खुलेको छ।
मृत्युअघि दम्पतीबीचको विवाद प्रहरीसमक्षसमेत पुगेको थियो। घटनापछि प्रहरीले श्रीमान् पवन भट्टलाई नियन्त्रणमा लिएको छ र आवश्यक अनुसन्धान अघि बढाएको छ।
घटनाले प्रेम विवाहपछि पनि महिलाहरू सुरक्षित छैनन् भन्ने गम्भीर सवाल उठाएको छ।


