कक्षा १२ उत्तीर्ण विद्यार्थीहरूलाई बधाई दिँदै प्रधानमन्त्रीले भने– देशमै केही गर्ने नयाँ यात्राको सुरुवात गरौँ
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कक्षा १२ मा उत्तीर्ण विद्यार्थीहरूलाई बधाई दिएका छन् ।
भूपरिवेष्ठित विकासशील देशहरूको अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन तुर्कमिनस्थान पुगेका प्रधानमन्त्री ओलीले सोमबार साँझ सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै विद्यार्थीहरूलाई बधाई दिएका हुन् ।
साथै उनले अब नेपालमै पढ्ने र देशमै केही गर्ने नयाँ यात्राको सुरुवात गर्नुपर्ने समेत बताएका छन् । राष्ट्रिय परीक्षा बोर्डले सोमबार सार्वजनिक गरेको नतिजामा ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् भने ३८.८३ विद्यार्थीहरूको ननग्रेड आएको छ ।



