उर्लाबारीमा युवकको शव धान खेतमा फेला

उर्लाबारी, २० साउन । मोरङको उर्लाबारी नगरपालिका–८ निवासी शुशिल लिम्बु मंगलबार बिहान आफ्नै घरको आँगनसँग जोडिएको धानखेतमा मृत अवस्थामा फेला परेका छन् ।

ईलाका प्रहरी कार्यालय उर्लाबारीका अनुसार लिम्बु धानखेतमा घोप्टो परेको अवस्थामा देखिएका लिम्बुलाई उनका दाजु र काकाले उठाउने प्रयास गर्दा उनि मृत अवस्थामा फेला परेको प्रहरीलाई जानकारी गराईएको, प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रञ्जन बरालका अनुसार मृतकको नाकको दायाँ प्वालबाट रगत बगेको, हातखुट्टा कक्रिएको अवस्थामा शव फेला परेको बताउनु भयो ।

प्रारम्भिक अवस्थाबाट मृत्युको कारण स्पष्ट नभएकाले घटनालाई शंका जनाउँदै अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

हाल शवको मुचुल्का संकलन गरी पोष्टमार्टमका लागि प्रक्रिया अघि बढाइएको छ । पोष्टमार्टम रिपोर्टपछि मृत्युको कारणबारे थप विवरण खुल्ने प्रहरीको भनाइ छ ।-पूर्वी प्रेस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।