पाँच दिनदेखि बेपत्ता रहेका पाँचथरका दुई बालबालिका मृत अवस्थामा फेला

पाँचथर । पाँच दिनदेखि बेपत्ता रहेका पाँचथर याङवरक गाउँपालिका–१ विरुवाका दुई बालबालिका मृत अवस्थामा फेला परेका छन्।

विरुवा खोलाको फरक–फरक स्थानमा १० वर्षीय शिशिर राई र ५ वर्षीया नानुमा राईको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डीएसपी कौशल बुढाथोकीले जानकारी दिए।

शुक्रवार विद्यालय जान निस्किएका उनीहरू त्यसपछि सम्पर्कविहीन भएका थिए। खोजी कार्यमा प्रहरी र स्थानीय टोली परिचालन भए पनि पाँच दिनपछि मात्रै उनीहरूको शव भेटिएको हो।

बहिनी नानुमा राईको शव खोलाको केही तलतिर र दाजु शिशिरको शव केही माथिपट्टि फेला परेको बताइएको छ।उनीहरू पूर्ण आधारभूत विद्यालयमा कक्षा–४ र कक्षा–१ मा अध्ययनरत थिए।

शवलाई पोस्टमार्टमको लागि फिदिम ल्याउने तयारी गरिएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।