गाँजा सहित युवक पक्राउ

सर्लाही, २० साउन ।  सर्लाहीको लालबन्दी नगरपालिका–१५ स्थित बोहोरे डाँडाबाट लागूऔषध गाँजा सहित एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

 

इलाका प्रहरी कार्यालय परवानीपुरबाट सई दशरथ प्रसाद यादवको कमाण्डमा खटिएको टोलीले चेकजाँचको क्रममा बा.प्र.०२–०३२ प ५९१२ नम्बरको आर १५ मोडेलको मोटरसाइकललाई रोक्दा उक्त सवारीमा सवार एक व्यक्ति फरार भएका थिए।

 

मोटरसाइकल चालक लालबन्दी नगरपालिका–१४ निवासी २१ वर्षीय संजित घिसिङलाई भने प्रहरीले नियन्त्रणमा लिन सफल भएको हो।
चालकले बोकेको झोलामा रातो प्लास्टिकमा बेरी राखिएको अवस्थामा लागूऔषध गाँजा ५ किलो ३३० ग्राम फेला परेको प्रहरीले जनाएको छ। 

 

हाल मोटरसाइकल, लागूऔषध गाँजा तथा संलग्न युवकलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि इलाका प्रहरी कार्यालय परवानीपुरमा राखिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।