होटलमा बिर्सिएको १ लाख ६ हजार सहितको झोला फिर्ता

रौतहट, २० साउन । रौतहटको चन्द्रनिगाहपुरस्थित पूर्व–पश्चिम राजमार्ग छेउको होटल हिमालयन मा खाना खाने क्रममा झोला बिर्सिएर गएको एक व्यक्तिको नगदसहितको झोला होटल सञ्चालकले फिर्ता गरेका छन्।

जनकपुर निवासी बलराम साहुजी आइतवार उक्त होटलमा खाना खाएर निस्कँदा आफ्नो हैण्डब्याग त्यहीं छोडेका थिए। ब्यागमा १लाख ६ हजार नगदसहित महत्वपूर्ण कागजातहरू रहेका थिए।

होटल सञ्चालक सुरेन्द्र साहका अनुसार झोला फेला परेको जानकारी पछि साहुजीलाई सम्पर्क गरेर ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरीको रोहवरमा झोला जिम्मा लगाइएको हो। 

चन्द्रपुर ईलाका प्रहरी कार्यालयको निगरानीमा झोला बुझाइएकाले घटना पारदर्शी र सुरक्षित तरिकाले टुंगिएको छ। प्रहरीका अनुसार झोलाभित्र भएका सबै सामग्रीहरू फिर्ता गरिएको हो।

सामान्यतया सार्वजनिक स्थलहरूमा मूल्यवान सामान हराउँदा फिर्ता नपाइने घटना प्रायः देखिन्छ। तर, यस घटनामा होटल सञ्चालक सुरेन्द्र साहले देखाएको ईमानदारी र जिम्मेवारीपनले समाजमा नैतिकता र विश्वसनीयताको उदाहरण प्रस्तुत गरेको छ।

यस प्रकारका घटनाहरूले समाजमा सकारात्मक सन्देश दिनुका साथै नागरिक स्तरमा भरोसा र नैतिकता कायम राख्न सहयोग पुर्‍याउँछन्।
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।