पथरीको सामान्य ‘बिष्ट माइला’, बने ठुलो समाजसेवी

पथरी, २१ साउन । “समाजसेवा गर्न संगठन चाहिन्छ, ठूलो बजेट चाहिन्छ” भन्ने आमधारणा तोड्न सफल छन्– पथरीशनिश्चरे नगरपालिका–१० रिगुवाका वीरबहादुर विष्ट।

 

‘विष्ट माइला’ का नामले परिचित उनी विगत झण्डै एक दशकदेखि एक्लै समाजसेवामा जुटिरहेका छन् । न त उनले कुनै बजेट पाउँछन्, न त कुनै संस्था सञ्चालन गर्छन्—तर सेवा गर्न उनी जहिल्यै तयार हुन्छन् ।

 

स्थानीयहरूका अनुसार विष्ट माइला कहिले काँही सडक मर्मतका लागि ढुंगा बोकेर पुगिहाल्छन् त कहिले पैनीमा हिंड्न असहज भएको थाहा पाउँदा मात्रै फड्के साँगु बनाइदिन हतारिन्छन्।

 

‘हामीले त उहाँलाई ठूलो ढुंगा बोकेर फड्के बनाउन हिँडेको धेरैपटक देख्यौं, यस्तै काम उहाँको दैनिकी जस्तै हो’, वडा नम्बर १० की अनिता राई भन्छिन्, ‘बञ्चा हुँदा देखेको, अहिलेसम्म उहाँले सेवाका काम रोकेका छैनन्।

 

‘यात्रुहरूका लागि विश्रामस्थल बनाउने अभियान पनि विष्ट माइला आफैंले सुरु गरेका छन्। स्थान–स्थानमा फलैचा (चौतारा) बनाएर यात्रुहरूलाई थकान बिसाउन सहज बनाएका छन्।  उनले बनाएका चौताराहरू अब सामुदायिक थकान बिसाउने थलो मात्र होइन, प्रेरणाको पनि केन्द्र बनेका छन्।

 

उनको समाजसेवामा लाग्ने प्रेरणा पनि आत्मीय छ।

 

“मेरो बाबुले भनेका थिए- समाजसेवा गर। त्यही सपना बोकेर म लागिरहेको छु,” विष्ट माइलाको भनाइ छ। वातावरणप्रेमी विष्ट माइला सामुदायिक वृक्षारोपणमा पनि सक्रिय छन्। सार्वजनिक स्थल, संघ संस्था वरपर उनले रोपेका बिरुवाहरू अब रुख बन्दै समुदायमा हरियाली थपिरहेका छन्।

 

‘हरियाली जोगाउनु, समाजको सास जोगाउनु हो,’ उनी भन्छन्। स्थानीय तहमा प्रतिनिधि आएपछि योजना र बजेटका चर्चा जताततै छन्। कतिपय योजना विवादमा अल्झिन्छन् तर विष्ट माइला भने बिना बजेट र बिना प्रचार समाजसेवामा होमिएका छन्।

‘विष्ट माइला निस्वार्थ सेवाको उदाहरण हुनुहुन्छ’, स्थानीयहरू भन्छन्, ‘उहाँको जस्तो मन र कर्म हुँदा समाजले परिवर्तन टाढा देख्दैन।’
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।