अपहरण र जबरजस्ती करणीमा संलग्न दुई जना पक्राउ

पर्सा – अपहरण तथा शरीर बन्धक र जबरजस्ती करणीमा संलग्न रहेको अभियोगमा दुई जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा वीरगन्ज महानगरपालिका-१३ राधेमाईस्थित नेक मोटरसाइकल वर्कसपका सञ्चालक बहुदरमाई नगरपालिका-२ सिसियारी घर भएका ४० वर्षीय नेक मोहम्मद र सोही वर्कसपमा काम गर्ने रौतहट घर भएका २१ वर्षीय अफताब अन्सारी रहेका छन्।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनीहरूलाई वीरगन्ज महानगरपालिका-१५ प्रतिमा चोकबाट पक्राउ गरेको पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रले बताए।

उनीहरूले पीडितलाई अपहरण गरी गणेश होटल एण्ड लजमा लगेर गत २०८२ वैशाख २० गते जबरजस्ती करणी गर्नुका साथै पर्सा घडिअर्वा पोखरीको गल्लीमा गत वैशाख २३ गते बिहान छोडेर फरार भएको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको मिश्रले बताए।

उनीहरू उपर अपहरण तथा शरीरबन्धक र जबरजस्ती करणी अन्तर्गतको कसुरमा जिल्ला अदालत पर्साबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।