मोरङ सुन्दरहरैचाको फलामे पुलमा युवती मृत फेला

मोरङ । मोरङको सुन्दरहरैंचा–१० स्थित सुकुना खोलाको फलामे पुलमा एक १६ वर्षीया किशोरी झुन्डिएको अवस्थामा मृत फेला परेकी छन्।

इलाका प्रहरी कार्यालय बेलबारीका अनुसार कानेपोखरी गाउँपालिका–७ घर भई हाल सुन्दरहरैंचा–१० मा बस्दै आएकी बविता विक बुधबार राति करिब ११ बजे पुलमा झुन्डिएको अवस्थामा फेला परेकी हुन्।

घटनाको सूचना पाएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो। शव पोष्टमार्टमका लागि पठाइएको र घटनाको विस्तृत अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

स्थानीयले रातिको समयमा पुलमा युवती झुन्डिएको देखेपछि प्रहरीलाई खबर गरेका थिए।

प्रहरीले घटनाको प्रकृति, कारण र पृष्ठभूमिबारे अनुसन्धान भइरहेको जनाएको छ। मृतकको परिवार तथा स्थानीयहरूसँग पनि सोधपुछ भइरहेको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।