माइत जान्छु भनेर हिँडेकी श्यामकला छोरा सहित बेपत्ता,नदीमा हाम फालेको आशंका
स्याङजा । स्याङजाको गल्याङ–५ सेतिवेणीस्थित कालीगण्डकी नदी किनारमा महिलाको झोला, चप्पल, मोबाइल र सानो खेलौना कार फेला परेको छ।
ती सामान कालीगण्डकी गाउँपालिका–४, बिर्घा निवासी २७ वर्षीया श्यामकला पाण्डे र उनका ६ वर्षीय छोरा अर्पित पाण्डेको भएको पुष्टि भएको छ।
श्यामकला माइत जान्छु भनेर घरबाट निस्किएपछिकाे केही समयमै सम्पर्कविहीन भएकी हुन्। सम्पर्क नहुँदा र सामग्री नदी किनारमा भेटिएपछि उनीहरू बेपत्ता भएको आशंकामा सशस्त्र प्रहरी टोली परिचालन गरी खोजी सुरु गरिएको छ। माइत जान्छु भनेर हिँडेकी थिइन्। तर त्यो बाटो कहाँ पुग्यो? किन उनी छोराको हात समाउँदै नदी किनारसम्म आइपुगिन्?
झोला, चप्पल, मोबाइल र छोराको कार त्यसरी किनारमा छोडिएको अवस्थामा फेला परेपछि आमाछोरा बेपत्ता भएको आशंका गरिएको छ।


