रास्वपा सोलुखुम्बुका जिल्ला सभापति बस्नेत बलात्कार आरोपमा पक्राउ

काठमाडौं । सोलुखुम्बुको लिखुपिके गाउँपालिका निवासी ५९ वर्षीया असक्त महिलालाई बलात्कार गरेको अभियोगमा प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का गाउँ सभापतिलाई पक्राउ गरेको छ ।

रास्वपाको लिखुपिके गाउँपालिकाका सभापतिसमेत रहेका ४५ वर्षीय रामचन्द्र बस्नेतलाई प्रहरीले काठमाडौंको वनस्थलीबाट पक्राउ गरेको हो ।

२०८१ साल साउन ६ गते गाउँकै ५९ वर्षीया असक्त महिलालाई बलात्कार गरेको आरोप लागेका उनलाई प्रहरीले सोलुखुम्बु लगिसकेको छ । आफूविरुद्ध उजुरी परेपछि उनी फरार रहेका उनलाई गएको सोमबार काठमाडौँमा पक्राउ गरेर सोलुखुम्बु थिए ।

बस्नेतलाई बुधबार अदालतबाट सात दिनको म्याद थपेर थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका डीएसपी मनोजित कुँवरले बताए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।