रौतहटमा सुख्खा पछि डुबानको समस्या, ४० बिगाहा धानबाली बिग्रिँदै

सञ्जय मिश्रा/रौतहट, २२ साउन । लामो खडेरीपछि सक्रिय बनेको मनसुनले रौतहटका किसानहरूलाई आशाको सन्देश लिएर आएको थियो। तर त्यो आशा तत्कालीन रूपमा केही किसानका लागि निराशामा बदलिएको छ।

 

फतुवा बिजयपुर नगरपालिका  ५ अन्तर्गतको सन्तपुर दोस्तिया क्षेत्रमा परेको वर्षापछि करिब ४० बिगाह धानबाली डुबानमा परेको छ।

 

स्थानीय किसानहरूले लामो समयदेखि वर्षाको पर्खाइमा लगाएको धान अब जलमग्न अवस्थामा रहेको छ। अमिर खान, नथुनी तलेवर, सेराज अन्सारी, नुराईन अन्सारी, आबिद अन्सारी, ताहिर लगायत अन्य किसानहरूका खेत डुबानमा परेका छन्। पीडित किसान अमिर खानका अनुसार, “पहिले बाटोमा राखिएको होम पाइपबाट पानी निकास हुँदै आएको थियो। तर अहिले पानी निकास हुने मुहान बन्द भएपछि बालीमा डुबान भएको हो।”

 

सडक र जलनिकासको अभावले डुबान समस्या झनै जटिल बन्दै गएको देखिन्छ। कटहरिया–सन्तपुर–कलैया सडक खण्ड जोडने सन्तपुर चोकदेखि करिब २५० मिटर पश्चिमतर्फ बाटोको उत्तर दिशामा पर्ने खेतहरूमा पानी जमेको हो। पानीको निकास नहुँदा खेतबारी डुबानमा परेका छन् भने पानी पूर्वतर्फका बस्तीहरूमा पनि पस्न थालेको स्थानीय बासिन्दाले न्युज कारखाना लाई बताएका छन्।

 

“रातभर पानीको डरले न निद्रा लाग्यो, न त बिहान धान जोगाउने उपाय सोच्न सकियो,” स्थानीय एक बासिन्दाले भने। यदि फेरि भारी वर्षा भयो भने घरमै पानी पसी खाद्यान्न जोगाउन मुस्किल पर्ने चिन्ता पनि उनीहरूले व्यक्त गरेका छन्।

 

यता, वडाध्यक्ष एजाज अहमदले उक्त समस्यालाई समाधान गर्न तत्काल पहल गर्ने बताएका छन्। उनका अनुसार  विभिन्न राजनीतिक दल, समाजसेवी तथा बुद्धिजीवीहरूको उपस्थितिमा छलफल गरिएको छ र आज सर्वदलीय बैठक बसेर ठोस समाधानतर्फ अगाडि बढ्ने निर्णय भएको छ।

 

तर विडम्बना के छ भने, घटनास्थल कार्यवाहक मेयर अम्बेया खातुनको गृह वडा भए पनि उनले घटनाप्रति कुनै चासो नदेखाएको स्थानीयले आरोप लगाएका छन्। जिम्मेवार जनप्रतिनिधिको बेवास्ताले समस्या समाधानभन्दा झनै जटिल हुँदै गएको आभास भएको छ।

 

रौतहटमा पछिल्लो समय देखिएको मौसमी असन्तुलनले कृषि प्रणालीमाथि गम्भीर असर पारेको छ। मनसुन सुरु भएपछिको अबिरल वर्षा जहाँ एकातिर खडेरी पीडित किसानका लागि राहतको कारण हुनुपर्थ्यो, त्यही पानी अहिले डुबान र बाली नष्टको प्रमुख कारण बनेको छ।

 

यसले एकचोटि फेरि जल व्यवस्थापन र स्थानीय पूर्वाधार निर्माणको कमजोरी उजागर गरेको छ। विकासे पाइप र नाला जस्ता साना तर अत्यावश्यक संरचनाको अभावले आज किसानहरूले महिनौंको मेहनत गुमाएका छन्। सडक बनाउँदा जलनिकासको पूर्वसम्भावित असरलाई बेवास्ता गर्नु र योजना विहिन निर्माण कार्यले अहिलेको संकटलाई जन्म दिएको छ।  स्थानीय सरकार, विशेषगरी कार्यवाहक मेयरको मौनता र चासोको अभाव पनि नागरिक उत्तरदायित्वप्रतिको प्रश्न उठाउँछ।

 

अब यो समस्या समाधान गर्न तत्काल पानी निकासको वैकल्पिक व्यवस्था, स्थायी नाली निर्माण र डुबानप्रभावित किसानलाई राहत दिने नीति आवश्यक देखिन्छ। अन्यथा, किसानका लागि प्रकृतिले दिएको आशीर्वाद फेरि पटक–पटक अभिशाप बन्नेछ।
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।