जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ

काठमाडौं, २२ साउन । जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ परेका छन् ।

 

महानगरपालिका–१६ नागरिक बजारस्थित सोही महानगरपालिका–१६ खरिबोट बस्ने धादिङ गंगाजमुना गाउँपालिका–६ घर भएका ३१ वर्षीय हाल राजु न्यौपानेको मामाभन्जा होटलमा जुवातास खेलिरहेको अवस्थामा राजु समेत ५ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

 

प्रहरी बिट रानिवनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५६ हजार १ सय ३५ रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो । 

 

यसैगरी काठमाडौं महानगरपलिका–१६ माछापोखरी बस्ने विजय थापाको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने झापा भद्रपुर नगरपालिका–१ घर भएकी ५२ वर्षीया लक्ष्मी तामाङ समेत ७ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

 

प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १६ हजार ३ सय रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।      

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖