चाडपर्वमा स्वदेशी उत्पादनको प्रयोग गर्न उद्योग मन्त्री भण्डारीको आह्वान

काठमाडौं, २२ साउन । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले चाडपर्वको अवसरमा स्वदेशी उत्पादनलाई प्राथमिकता दिन सबै नेपालीलाई आग्रह गरेका छन । 

विशेषगरी तीजजस्ता सांस्कृतिक पर्वहरूमा नेपाली पहिरन, सामग्री र घरेलु उत्पादनको उपयोगले आत्मनिर्भर अर्थतन्त्र निर्माणमा टेवा पुग्ने उनको भनाइ छ।

तीजको पूर्व सन्ध्यामा आयोजीत २२औं श्रृजनशील उद्यमी मेला–२०८२ को उद्घाटन गर्दै मन्त्री भण्डारीले नेपाली महिलाहरूको उद्यमशीलता, सिर्जनशीलता र श्रम देशको आर्थिक परिवर्तनको मेरुदण्ड बन्ने उल्लेख गरे । 

उनले भने, “अब हङकङको साडी होइन, आफ्नै देशमा उत्पादन भएको पहिरन प्रयोग गर्नुस् । यसले तपाईंको सौन्दर्य मात्र बढाउँदैन, देशको अर्थतन्त्र पनि मजबुत हुन्छ ।” उनले व्युटी पार्लरले मात्रै नभई सिर्जनशील उद्यमहरूले मान्छेलाई सुन्दर देखाउने उल्लेख गरे ।

विदेशी वस्तुको अन्धाधुन्द प्रयोगले स्वदेशी उद्योगमा परेको असरप्रति चिन्ता व्यक्त गर्दै उहाँले गार्मेन्ट लगायतका विभिन्न उद्योगहरुमा विदेशी डिजाईन र श्रमिक प्रयोग हुनु आत्मनिर्भरताको विरोधाभास भएको उनको टिप्पणी छ । 

महिला उद्यमशीलतालाई आर्थिक समृद्धिको प्रमुख साधनका रूपमा हेर्नुपर्नेमा जोड दिँदै मन्त्री भण्डारीले सरकारबाट महिलामैत्री कार्यक्रमहरू—जस्तै सहुलियतपूर्ण कर्जा, डिजिटल साक्षरता अभियान र ‘मेड इन नेपाल’ अभियान प्राथमिकतामा रहेको जानकारी दिए ।

उनले महिला सिर्जनशील केन्द्रद्वारा सञ्चालन हुँदै आएका व्यावसायिक तालिम, सीप विकास कार्यक्रम र व्यावसायिक सहायताको खुलेर प्रशंसा गरे ।

निजी क्षेत्र, सामाजिक संस्था र सरकारी निकायबीचको सहकार्यले उद्यमशील वातावरण सिर्जना गर्न सकिने उनको भनाई छ ।

मन्त्री भण्डारीले मेलाजस्ता कार्यक्रमहरूबाट रोजगारी सिर्जना, आत्मनिर्भरता अभिवृद्धि र आयात प्रतिस्थापनमा सहयोग पुग्ने बताए । यस्ता अवसरहरूले महिला उद्यमीहरूलाई आफ्ना उत्पादनको प्रवद्र्धन, अनुभव साटासाट र बजार विस्तारको माध्यम बनाउने उनको विश्वास छ ।

मेलामा हस्तकला, ढाका कपडा, खाद्य पदार्थ, घरेलु सामग्री, सौन्दर्य प्रसोधनलगायतका विविध उत्पादनको प्रदर्शनी गरिएको छ । महिला उद्यमीहरूबीच नेटवर्किङ, नवप्रवर्तन र व्यापारिक सहकार्यको राम्रो अवसरका रूपमा मेलालाई लिइएको छ ।

स्वदेशी उत्पादनमा मौलिकता, गुणस्तर र ब्रान्डिङको खाँचो औंल्याउँदै मन्त्री भण्डारीले नेपाली उत्पादनप्रति उपभोक्ता विश्वास बढाउनका लागि सरकार सधैं सहयोगी भूमिका खेल्ने प्रतिबद्धता जनाउनुभयो । साथै, महिला उद्यमीहरूको उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसम्म पु–याउन आवश्यक रणनीति बनाइने समेत उहाँले स्पष्ट पार्नुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।