मोरङको सुन्दरहरैँचामा बसको ठक्करबाट एक जनाको मृत्यु

मोरंग । मोरङको सुन्दरहरैँचा नगरपालिका– ७ बेलगाछीमा बसको ठक्करबाट सिटी सफारीमा सवार एक जनाकाे मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् ।

बेलगाछी चोकस्थित पूर्व–पश्चिम लोकमार्गमा विराटचौकबाट गछियातर्फ जाँदै गरेको मे १ ख २७९६ नम्बरको सुर्योदय कम्पनीको यात्रुवाहक बसले बाटो क्रस गर्दै गरेको प्र १–०२–००४ ह ४२२४ नम्बरको केरा बोकेको सिटी सफारीलाई ठक्कर दिएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका सिटी सफारीमा सवार सुनसरीको इटहरी उपमहानगरपालिका– ४ बस्ने वर्ष ६१ का तुलसीप्रसाद गुरागाईको नोबेल अस्पताल, विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।दुर्घटनामा सिटी सफारीका चालक, सुनसरीको दुहबी नगरपालिका– ५ बस्ने वर्ष ४२ को बलबहादुर लिम्बु पनि गम्भीर घाइते भएका छन् । उनको पनि नोबेल अस्पतालमा उपचार भइरहेको छ ।

बसमा सवार अन्य यात्रुहरू भने सकुशल रहेका छन् । प्रहरीका अनुसार, बसको तीव्र गतिका कारण दुर्घटना भएको हो । बस र चालक, सुन्दरहरैँचा– ७ बस्ने ४२ वर्षीय लेप्चन साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।