पथरी शनिश्चरेको अस्थायी प्रहरी पोष्टलाई लालपूर्जा हस्तान्तरण

पथरी, २३ साउन । पथरी शनिश्चरे नगरपालिकाको किर्तिपुरमा किर्तिपुर अस्थायी प्रहरी पोष्टलाइ लालपूर्जा हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।

 

विहिबार किर्तिपुर अस्थायी प्रहरी पोष्ट जग्गा खोजविन समितिले आयोजना गरेको पूर्जा हस्तान्तरण कार्यक्रममा जग्गादाताद्वय नरेन्द्रबहादुर थापा र चन्द्रबहादु केसीले ३ कठ्ठा जग्गाको पूर्जा हस्तान्तरण गर्नुभएको थियो ।

 

जग्गा किर्तिपुर अस्थायी प्रहरी चौकीलाई हस्तान्तरण गरिएको हो । पथरी शनिश्चरे नगर प्रमु्ख मोहन तुम्बापोको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा मोरङ जिल्ला प्रमुख अधिकारी ईन्द्रदेव यादव, जिल्ला प्रहरी प्रमुख नारायणप्रसाद चिमोरिया, इलाका प्रहरी कार्यालय पथरीका प्रमुख तुलसीराम अर्याललगायतको उपस्थिति रहेको थियो ।

 

जग्गा खोजविन समितिको अध्यक्ष कपिलमणी ढकालको अध्यक्षतामा भएको सो कार्यक्रम अस्थायी प्रहरी पोष्ट जग्गा खोजविन समितिका सचिव विरोज मगरले सञ्चालन गरेका थिए । पूर्जा हस्तान्तरण कार्यक्रममा वडा नं. ७ का वडाध्यक्ष उद्धवराज बस्नेत र वडा नं. ४ का वडाध्यक्ष लोककिरण न्यौपानेले सारगर्भिक भनाइहरु राखेका थिए ।

 

यस्तैगरी कार्यक्रममा नगर प्रवक्ता एवं वडा नं. ८ का वडाध्यक्ष नविन कार्की, वडा नं. ६ का वडाध्यक्ष कृष्ण बस्नेत, वडा नं. ५ का वडाध्यक्ष चेतेन्द्र खड्का, वडा सदस्यहरु लगायतको उपस्थिति रहेको थियो

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।