बसबाट लडेर विद्यार्थीको मृत्यु

सर्लाही २३, साउन । सर्लाहीको बरहथवा नगरपालिका–८ टाँडीस्थित भित्री सडक खण्डमा स्कुल बसबाट खस्दा एक विद्यार्थीको मृत्यु भएको छ।

कायाकल्प एकेडेमीको ग १ ख ९५६८ नम्बरको बस बरहथवाबाट टाँडीतर्फ जाँदै गरेको अवस्थामा कक्षा ३ मा अध्ययनरत १३ वर्षीय फैजान शेख बसको ढोकामा उभिरहेको बेला खसेर घाइते भएका थिए। फैजान सर्लाहीको धनकौल गाउँपालिका–३ हरकठ्वाका निसार शेखका छोरा हुन्।
 
घटनापछि उनलाई तत्कालै संकटमोचन अस्पताल, बरहथवामा प्राथमिक उपचार गरी थप उपचारका लागि बिरगंजस्थित नेशनल मेडिकल कलेजमा पठाइएको थियो। तर चिकित्सकले बेलुकी ७ बजे उनलाई मृत घोषणा गरेको सर्लाही प्रहरी प्रवक्ता डीएसपी सरोजकुमार राईले न्युजकारखानालाई बताए ।

दुर्घटनापछि घटनास्थलमा इलाका प्रहरी कार्यालय बरहथवाबाट प्रहरी निरीक्षक निरन्जन भट्टराईको नेतृत्वमा प्रहरी टोली खटिएको थियो। प्रहरीले बस चालक बागमती नगरपालिका–१० निवासी २१ वर्षीय राजकुमार यादवलाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको जनाएको छ।  प्रहरीका अनुसार दुर्घटना भएको स्थान इलाका प्रहरी कार्यालय बरहथवाबाट करिब ६ किलोमिटर दक्षिणमा पर्छ।
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।