उर्लाबारीमा हायस र बसको ठक्करबाट मोटरसाइकल चालक घाइते
उर्लाबारी । पूर्वपश्चिम राजमार्गअन्तर्गत उर्लाबारी वडा नम्बर ४ आईतबारे सडकखण्डमा शनिबार बिहान सवारी दुर्घटनामा परी उर्लाबारीका एक जना मोटरसाइकल चालक घाइते भएका छन्।
विहान करिव ८:१० बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश ०१–०२–०५१ प ६६४५ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको प्रदेश ३–०१–००५ज ९५८६ नम्बरको हायसले ठक्कर दिएको थियो। ठक्करपछि मोटरसाइकल पुनः सोही दिशातर्फ जाँदै गरेको प्रदेश १–०१–००१ख ४२०४ नम्बरको बसले घिसार्दा चालक उर्लाबारी–५ का ४५ वर्षीय रमेश दर्जी घाइते भएको ईलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।
दुर्घटनापछि उनलाई तत्काल उद्धार गरी उर्लाबारी–५ स्थित अरनिको अस्पतालमा उपचारका लागि लगिएको प्रहरीले जनाएको छ। उनको हात र घुँडामा चोट लागेको भएतापनि अवस्था सामान्य रहेको उर्लाबारी प्रहरीका ईन्चार्ज प्रहरी निरिक्षक रञ्जन बरालले बताए । मोटरसाइकल आंशिक रुपमा क्षतिग्रस्त भएको छ।
दुर्घटनामा संलग्न हायस र चालक पथरी प्रहरीको नियन्त्रणमा छन् भने बस र बस चालक उर्लाबारी प्रहरीले नियन्त्रणमा लिएको प्रमुख प्रहरी निरीक्षक बरालले जानकारी दिए ।-पूर्बी प्रेस


