तेह्रथुममा छोराले गरे आमाको हत्या
तेह्रथुम । तेह्रथुमको लालिगुरास नगरपालिकामा छोराले आमालाई हत्या गरेको छ ।
तेह्रथुमको लालिगुरास नगरपालिका वडा नम्वर ३ मुसाङखेल वस्ने वर्ष ५४ को होम वहादुर खड्काले आफ्नै आमा ८१ वर्षकी गंगामाया खड्कालाई हत्या गरेका छन ।
८१ वर्षिया आमालाई गाई गोठको पालिमा लठ्ठीले टाउको र हातमा प्रहार गर्दा घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । होम वहादुर खड्कालाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान भैरहको प्रहरी नायव उपरिक्षक लिलाराज लामिछानेले बताउनुभयो ।
मृतक गंगामाया खड्कालाई पोष्टमाटमको लागि अस्पताल लगिएको छ ।-रेडियो आठराई


