नारायणी नदीको पुलबाट हाम फाल्दा एक पुरुष बेपत्ता
चितवन । चितवनको भरतपुर महानगरपालिका र नवलपुरको गैँडाकोट नगरपालिका जोड्ने नारायणी नदीको पुलबाट हाम फाल्दा एक पुरुष बेपत्ता भएका छन्।
शनिबार साँझ ६ बजेर ५ मिनेट जाँदा उक्त घटना भएको वडा प्रहरी कार्यालय नारायणगढले जनाएको छ।
प्रहरीका अनुसार हाम फालेका पुरुषले पुलमाथि एक झोला छाडेका थिए। झोलाको जाँच गर्दा भित्र बिनयी त्रिवेणी गाउँपालिका–१ (साविक दुम्कीबास–७) निवासी ४३ वर्षीय गिरीराज कंडेलको नाममा जारी नागरिकता प्रमाणपत्र भेटिएको हो।
यद्यपि, झोलामा भेटिएको नागरिकताको आधारमा शंका गरिए पनि हाम फालेका व्यक्तिको परिचय अहिलेसम्म औपचारिक रूपमा पुष्टि भएको छैन।


